नेपाल र भियतनामवीच हवाई सम्झौता हुने

नेपाल र भियतनामवीच हवाई सम्झौतामा हस्ताक्षर हुने भएको छ । नेपाल सरकार मन्त्री परिषद्को बैठकले नेपाल भियतनाम हवाई सम्झौतामा हस्ताक्षर गर्न समकक्षी मिलाई तोक्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्माओलीको भियतनाम भ्रमणका क्रममा हवाई सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतमा आर्को व्यक्ति नियुक्ति नहुँदासम्म वर्तमान राजदूत अर्जुनकुमार कार्कीको कार्यावधि थप्ने निर्णय पनि नेपाल सरकराले गरेको छ । मन्त्री परिषद्को बैठकले विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह र सदस्यहरुमा रामप्रसाद धिताल, रामकृष्ण खतिवडा, रामेश्वरप्रसाद कलवार र भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

२०७६ साल वैशाख २० गते शुक्रबार र २३ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेकाप्रमुख निर्णय–

१. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट सार्वजनिकवित्तव्यवस्थापनको क्षेत्रमानीतिगत सुधारको क्रममा बजेट सहायता (Policy Credit) को रूपमा प्राप्तहुने दोस्रो कार्यक्रमगत ऋण सहायता एक सय मिलियन अमेरिकी डलर बराबरको रकम स्वीकार गर्ने निर्णय गरिएको छ ।

२. संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूतपदमाअर्को व्यक्ति नियुक्ति नभएसम्मका लागि वर्तमान राजदूतश्री डा. अर्जुनकुमार कार्कीको कार्यावधि थप गरिएको छ ।


३. नुवाकोटको रातमाटे, धादिङ, चितवन, तनहुँ, मकवानपुर र नवलपरासीको बर्दघाटसम्मको विभिन्न स्थानको करिब १४४० हेक्टर जग्गा ४०० के.भी. प्रशारण लाईन तथा सबस्टेशननिर्माण गर्ने प्रयोजनकालागिप्राप्तगर्ने निर्णय गरिएको छ ।


४. विद्युतनियमनआयोगको अध्यक्षपदमा श्री दिल्लीबहादुर सिंह तथा सदस्यपदमाश्री रामप्रसाद धिताल, श्री रामकृष्ण खतिवडा, श्री रामेश्वरप्रसाद कलवार र श्री भागीरथी भट्टराई ज्ञवालीलाई नियुक्तगर्ने निर्णय गरिएको छ ।


५. अध्यागमननियमावली, २०५१ को नियम ४६ बमोजिम अनुसूची ९ र अनुसूची १२ हेरफेर गरी सोको सूचना नेपाल राजपत्रमाप्रकाशनगर्ने निर्णय गरिएको छ ।

६. विभिन्नविश्वविद्यालयतथा शैक्षिक संस्थाहरूलाई पाँचवर्षकालागि एक भिसावर्षमातोकिएको भन्दा बढी कार्यरत नहुने गरी निःशुल्कअध्ययनभिसाकोटा उपलब्ध गराउने निर्णय गरिएको छ ।

७. विगतमा सडक विभागबाट सञ्चालनमा रहेका सम्भावित रणनीतिक सडकमा समावेश लोकसञ्चार मार्ग (जिलिङ–सिमखेत–केउरिनी–कुमरी–झ्याङ्गलेपोखरी–आचार्य पोखरी–धार्के–नुवाकोट–धादिङ) सडक भौतिकपूर्वाधार तथायातायातमन्त्रालयमातहतल्याई सञ्चालनगर्ने निर्णय गरिएको छ ।

८. हेटौडा–ढल्केबर–दुहवी ४०० के.भी. प्रसारणलाईन आयोजना (दोस्रो खण्ड) को राइट अफ वे (ROW) भित्र विभिन्न सामुदायिकवनसहितको राष्ट्रिय वन क्षेत्रमा रहेका विभिन्न प्रजातिकाथप ८९९ वटा रुखविरुवाहरू हटाउन स्वीकृतिदिइएको छ ।

९. नेपाल र भियतनाम सरकारबीचहुने हवाइ सेवा सम्झौतामा नेपाल सरकारकातर्फबाट समकक्षीमिलाई हस्ताक्षर गर्न स्वीकृतिदिइएको छ ।

गोकुल प्रसादबाँस्कोटा
प्रवक्ता
नेपाल सरकार

Facebook Comments