अमेरिका र चीनवीचको व्यापार युद्ध थप जटिल

अमेरिका र चीनबीच देखिएको व्यापार तनाव झन् बढ्ने देखिएको छ । दुई मुलुकवीचको व्यापार युद्ध तत्काल समाधान नहुने संकेत देखिएको हो । व्यापार युद्ध समाप्त गर्न दुई देशका अधिकारीहरुबीचको छलफल जारी रहेको छ ।

छलफलमा आफ्ना अडानमा कायम रहन चिनीयाँ नेतृत्वले वार्ता टोलीलाई निर्देशन दिएको छ । यसैवीच व्यापारमा देखिएको समस्या समाधानका लागि छलफल भइरहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढाउने फैसला गरेपछि वार्ता सकारात्मक हुने अवस्था कम रहेको छ ।

अमेरिकाले बढाएको कर विहीबारदेखि लागू भइसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाउँदै कर वृद्धिको निर्णय लिएको बताएको छ । चीनले आफ्नो देशका सामान अमेरिकाले करवृद्धि गरे त्यसको कडा जवाफ दिने चेतावनी दिएको थियो ।

फ्लोरिडामा भएको एर्क यालीलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले चिनियाँहरुले सर्त तोडेपछि आफूले कर वृद्धिको घोषणा गरेको र अहिले चीन सम्झौता गर्नेतर्फ लागेको बताउनुभएको थियो । यसअघि दुई देश सम्झौताको निकै नजिक पुगेको र व्यापार युद्ध अन्त्य हुने करिब निश्चित भएको बताइएको थियो । अमेरिका र चीनबीच गतवर्षको जुलाइदेखि व्यापारयुद्ध सुरु भएको हो । यसकै कारण विश्वभर आर्थिक मन्दीको प्रभाव देखिएको छ । दुई देशबीचको युद्धले सेयरबजारसमेत प्रभावित भएको छ । एजेन्सीकाे सहयाेगमा

Facebook Comments