उत्तर कोरिया वार्ताको लागि तयार छैनः अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया वार्ताको लागि तयार नभएको आरोप लगाउनुभएको छ । उत्तर कोरियाले पछिल्लो हप्ता छोटो दुरीका मिसाइल परीक्षण गरेपछि अमेरिकी अमेरिकी राष्ट्रपतिको यस्तो भनाई सार्वजनिक भएको हो ।

उहाँले उत्तर कोरियाले वार्ता मार्फत् आणविक समस्याको समाधान र राजनीतिक समाधानका लागि तयार नभएको आरोप लगाउनुभयो । बिबिसीमा उल्लेख भए अनुसार उत्तर कोरियाको पछिल्लो मिसाइल परिक्षणले कोही पनि खुशी नरहेको राष्ट्रपति ट्रम्पको टिप्पणी थियो । यस घटनालाई गम्भीरताका साथ लिएको पनि उहाँको भनाई रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनवीच २ पटकसम्म भएको शिखर वार्ता निष्कर्षमा पुग्न सकेको छैन् । पछिल्लो पटकको वार्ता विनानिष्कर्ष टुंगिएपछि उत्तर कोरियाले पुनः मिसाइल परिक्षण गरेको हो । सिंगापुरको सान्तोसाको एक होटलमा २०१८को जुन १२ मा र भियतनामको हनाईमा २०१९ को फेब्रुअरी १८ र १९ मा शिखर वार्ता भएको थियो ।

Facebook Comments