प्रधानमन्त्रीले विरामीको अपरेशन गरेपछि

थिम्पुको दोर्जे वाङचुक अस्पतालमा शनिबार एक बिरामीको पिसाब थैलीको सफल अपरेशन डा. लोतेय छिरिङको अगुवाईमा भयो । डा.लोतेय छिरिङ अर्थात भूटानका प्रधानमन्त्री । उहाँको साताको पाँच दिन प्रधानमन्त्रीका रुपमा व्यस्त रहने र सप्ताहन्तका दुई दिन अस्पतालमा काम गर्ने कार्यतालिका छ ।

‘अस्पतालमा काम गर्नु मेरा लागि तनाब कम गर्ने उपाय हो,’ गतसाल प्रधानमन्त्री निर्वाचित भएका छिरिङ भन्नुभयो, ‘कोही गल्फ खेल्छन, कोही धनुकाण खेल्छन्, म अपरेशन गर्छु । म अस्पतालमा सप्ताहन्त मनाउँछु ।’

प्रधानमन्त्री छिरिङ अस्पतालमा काम गर्न पुग्दा त्यहाँ कुनै तामझाम हुँदैन । साधारण डाक्टरजस्तै अस्पताल पुग्ने र काममा सरिक हुने अस्पतालले जनाएको छ । अरु सबै आआफ्नो काम गरिरहेका हुन्छन् । एजेन्सीकाे सहयाेगमा

Facebook Comments