औरा बार एण्ड लाउन्जको ‘ग्रान्ड ओपनीङ’ शुक्रबार हुने

पोखरा लेकसाइडमा औरा बार एण्ड लाउन्जको शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । शुक्रबार साँझ ‘ग्रान्ड ओपनीङ’ हुने र औपचारिक रुपमा सञ्चालनमा आउने भएको हो ।

पोखराको प्रतिस्ठित रिसोर्ट माउण्ट कैलाश रिसोर्ट संगै रहेको अत्याधुनिक प्रविधि सहित औरा बार एण्ड लाउन्जको औपचारिक रुपमा ओपनीङ गरिने लाउन्जका सञ्चालक नरेश भट्टराईले जानकारी दिनुभयो । नयाँ प्रविधिको साउण्ड सिष्टमलाई प्रयोग गरेर लाउन्ज सञ्चालमा आएको हो ।

जुन सुकै टेबलमा बसेर पनि एउटै साउण्ड क्वालीटी सुन्न सकिने छ ।’ यस्तो प्रविधिको साउण्ड सिस्टमा काठमाडौ पछि पहिलो पटक पोखरामा प्रयोग ल्याएको भट्टराईको भनाई छ । ग्रान्ड ओपनीङमा चर्चित कलाकार नविन के भट्टराई र डिजे रुकेनको प्रस्तुति रहने बताइएको छ ।

यस्तै हरेक शुक्रबार चर्चित कलाकारको साथमा लाइभ ब्याण्डको प्रस्तुती रहने छ भने बुधबार लेडिज नाइट हुने भट्टराईले बताउनुभयो । हरेक दिन दिउसो १ बजेबाट राती २ बजे सम्म विभिन्न समयमा विदेशी कलाकार र डिजेको समेत प्रस्तुती रहने बताइएको छ ।

१ सय जना सिट क्षमताको लाउन्जमा हरेक दिन लाइभ ब्याण्ड र लेट नाइट सम्म डिजेको प्रस्तुती हुनेछ । १० करोड भन्दा बढिको लगानी रहेको लाउन्ज पोखराको पहिलो पुर्णमा रुपमा साउण्ड प्रुफ बार हो । अन्तराष्ट्रिय विभिन्न अर्वाडबाट सम्माति भएको माउन्ट कैलाश रिर्सोटले नै सञ्चालनमा ल्याएकोले औरा बार एण्ड लाउन्ज पोखरेली र पोखरा आउने सवैको आर्कषण हुने सञ्चालकको अपेक्षा रहेको छ ।

Facebook Comments