प्रधानमन्त्री र काँग्रेस सांसदले बोलेका अमर्यादित शव्द अभिलेखबाट हटाइयो

गत वैशाख २४ गते संसद बैठककमा प्रधानमन्त्री र काँग्रेस सांसदले प्रयोग गरेका संसदीय मर्यादाविपरीतका शब्द संसदको अभिलेखबाट हटाइएको छ । २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा अमर्यादित शव्द प्रयोग भएको भन्दै विवाद भएको थियो ।

शुक्रबारको बैठकको शुरुमै सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका अमार्यादित शब्दहरु हटाउन निर्देशन दिनुभएको हो । बैठकको शुरुवातमा नै सभामुख महराले सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टीकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकूल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिनुभएको थियो ।

सभामुखको निर्देशन पछि नेकपाका सांसद् खगराज अधिकारी उठेर नियमापत्ति गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीविरुद्ध पनि २४ गतेको बैठकमा गैरसंसदीय शब्दहरु प्रयोग भएको भन्दै सबै हटाइनुपर्ने बताउनुभएको थियो ।

सभामुख महराले आफूले ती सबै शब्द हटाउन निर्देशन दिएको बताएपछि बैठक सुचारु भएको थियो । बैशाख २४ गते आर्थिक बर्ष ०७६र७६ को सरकारको बार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री र काँग्रेस सांसदवीच सवाल जवाफ चलेको थियो ।

जसका कारण काँग्रेस सांसदहरुले उठेर विरोध जनाउँदै नारावाजी गरेका थिए । नाराबाजी र काँग्रेस सांसदको विरोधका वीचमा नै सरकारको नीति तथा कार्यक्रम पारित भएको थियो ।

Facebook Comments