अर्थमन्त्री खतिवडाद्वारा संंघीय संसदमा प्रि बजेट पेश

संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभा बैठकमा प्रि बजेट छलफल शुरु भएको छ । बैठकको प्रारम्भमा अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे जानकारी गराउनुभएको छ ।

अर्थमन्त्रीक अनुसार नागरिकका मौलिक हक सम्बन्धि कानुनको पालना र राज्यका निर्देशकलाई विनियोजन विधेयकको आधार बनाइनेछ । बाल्य अवस्थामा शिक्षा, स्वास्थ्य र पोषण, युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी तथा बृद्धाअवस्थामा सम्मान, संरक्षण र सुरक्षाको नीति अवलम्वन गर्ने अर्थमन्त्री खतिवडाको भनाई छ ।

  • बाल्य अवस्थामा शिक्षा, स्वास्थ्य र पोषण
  • युवाअवस्थामा सीप, उद्यमशीलता र रोजगारी
  • बृद्धाअवस्थामा सम्मान, संरक्षण र सुरक्षा

आगामी वर्षको बजेट कस्तो हुने भन्ने सैद्धान्तिक विषयको बारेमा मन्त्री खतिवडाले संसदलाई जानकारी गराउनुभएको छ । सम्मान संरक्षण र सुरक्षा गर्ने नीति सामाजिक न्याय सहितको तिव्र विकास गरिने र सन् २०३० अगावै दिगो विकास लक्ष्य पुरा गर्ने अर्थमन्त्रीको भनाई छ ।

‘नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली निर्माणलाई मार्गदर्शनको रुपमा लिइने उहाँले स्पष्ट पार्नुभयो । आय, आर्जन र रोजगारी सिर्जनालाई जोड दिने भन्दै उहाँले राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व नागरिकका मौलिक हक कार्यान्वयन गर्न बनेका कानुनहरुलाई समेत बजेट तर्जुमाको आधारका रुपमा लिएको जानकारी दिनुभयो ।

जलश्रोतको बहुआयमिक उपयोग, भूउपयोग नीति कार्यान्वयन, वैज्ञानिक बन व्यवस्थापन, आगामि आर्थिक बर्षको लागि बृक्षरोपण बर्षका रुपमा मनाउने लगायतका कार्यक्रम समावेश हुने पनि अर्थमन्त्रीले जानकारी दिनुभयो । आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ७ प्रतिशत कायम हुने भन्दै अर्थमन्त्री खतिवडाले आगामी वर्ष उच्च आर्थिक वृद्धि हुने आधार तयार भएको जिकीर गर्नुभयो ।

Facebook Comments