मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैको सम्मान आवश्यकः प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौंमा खड्गी समाजले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा समाज विकास हुने बताउनुभयो ।

मुलुकमा बसोबास गर्ने सबैले एक अर्काको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले एकले अर्कोलाई सम्मान गर्ने परिपाटीले मात्र मुलुकको आन्तरिक एकतालाई मजबुत बनाउन सकिने धारणा राख्नुभयो ।

एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत हुने बताउनुभयो ।

Facebook Comments