ललितपुरमा अपहरणमा परेका व्यक्तिकाे सकुशल उद्दार, अपहरणमा संलग्न पक्राउ

प्रहरीले ललितपुरको इमाडोलबाट अपहरणमा परेका एक पुरुषलाई सकुशल उद्दार गरेको छ । अपहरणमा परेका इमाडोल बस्ने ५९ वर्षीय कृष्ण चौडेललाई प्रहरीले सकुशल उद्दार गरेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुर र अपराध महाशाखाको संयुक्त टोलीले कृष्ण चौडेललाई अपहरण गर्ने ढोलाहिटी बस्ने अनिमा भुजेललाई पक्राउ गरेको छ ।

परिसरका प्रमुख एसएसपी रवीन्द्र धानुकका अनुसार अपहरण भएको सूचना पाएलगत्तै प्रहरीले चौडेलको उद्दार गरी अनिमालाई ढोलाहिटीबाट पक्राउ गरेको हो । अपहरणमा परेको खबर थाहा पाएलगत्तै साढे २ घण्टामै प्रहरीले कृष्णलाई सकुशल उद्दार गर्न सफल भएको हो ।

सिन्धुली घर भई ढोलाहिटीमा फ्ल्याट लिएर बस्दै आएकी अनिमाले कृष्ण चौडेललाई इमाडोलबाट अपहरण गरेकी थिइन् । चौडेल र अनिमावीच पुरानै चिनजान लेनदेन समेत हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । अन्य २ जनाको सहयोगमा अनिमाले चौडेलको अपहरण गरी २ लाख फिरौती माग गरेको पारिवारीक श्रोतले जनाएको छ ।

चौडेललाई ढोलाहिटी पुर्याएपछि अनिमा चौडेलको छारी चरु चौडेललाई फोन गरी २ लाख फिरौती मागेको खुलेको छ । २ लाख नदिए मार्ने धम्की दिएपछि छोरी चरुले प्रहरीलाई खबर गरेको बताइएको छ । प्रहरीले धरौटी रकम दिने भन्दै बोलाएर अनिमालाई पक्राउ गरेको हो । पक्राउ परेकी अनिमामाथि थप अनुसन्धान भइरहेको र अपहरण कार्यमा थप संलग्न रहेको हुनसक्ने प्रहरीले जनाएको छ ।

Facebook Comments