मौषम बदलीः हावाहुरीका साथै चट्याङ पर्ने संभावना

अबको तीनदिन देशका विभिन्न ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार आजदेखि सोमबारसम्म देशका अधिकांश ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा हुने महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार आज, भोली र पर्सी देशभर आंशिकदेखि सामान्य बदली भइ वर्षा हुनेछ । भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अब मौसम बदली हुने मौसमविद्हरुले बताएका छन् ।

Facebook Comments