डेभलपमेण्ट बैंकर्स एशोसिएसनकाेअध्यक्षमा गोविन्दप्रसाद ढकाल चयन

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल चयन हुनुभएको छ । शुक्रबारको सम्पन्न तेह्रौं वार्षिक साधारणसभाले ढकालको अध्यक्षतामा नयाा कार्य समिति चयन गरेको हो ।

समितिको प्रथम उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रद्युमन पोखरेल, द्धितिय उपाध्यक्षमा गण्डकी विकास बैंकका रेशम बहादुर थापा, महासचिवमा ज्योति विकास बैंकका मनोज कुमार ज्ञवाली, तिनाउँ विकास बैंकका प्रदिपकुमार श्रेष्ठ, कोषाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सुयोग श्रेष्ठ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा रमेश प्रसाद जोसी., सिन्धु विकास बैंक, नरेश सिंह बोहरा, लुम्विनी विकास बैंक, विरुराम जैसी, कञ्चन डेभलपमेण्ट बैंक, प्रविन वस्नेत, कामना सेवा विकास बैंक र नविन सुवेदी, सप्तकोशी डेभलपमेण्ट बैंकका प्रतिनिधिहरु निर्वाचित हुनुभएको छ ।

नवनियुक्त कार्य समितिका पदाधिकारीहरुले सोही साधारण सभामा सपथ ग्रहण गरी कार्यभार सम्हालिसकेको जनाइएको छ । एशोसियसनको तेह्रौं वार्षिक साधारण सभाले आ.व. २०७४÷०७५ को लेखापरीक्षण प्रतिवेदन, अक्ष्यक्षको प्रतिवेदन, आ.व. २०७५÷०७६ को अनुमानिस आय ब्याय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

Facebook Comments