हङकङको संसदमा हात हालाहाल हुँदा एक सांसद घाइते

हङकङकाे संसद बैठकमा सुपुर्दगी सम्बन्धमा ल्याउन लागिएको एक कानुनमा वहस चलिरहँदा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदबीच संसद बैठकमा मुक्का हानाहान भएको छ ।

घटनापछि मुक्का हानाहान हुँदा एक जनालाई अस्पताल लगिएको छ । हङकङले आपराधिक आरोप लागेको व्यक्तिलाई सुपुरदर्गी गर्न अनुमति दिने कानुन लागु गर्न खोजेको छ । नयाँ परिवर्तनमा अपराधको आरोपमात्रै लागेका जो कसैलाई सुपुरदर्गी सम्झौता नभएका देशले मागेको खण्डमा समेत सुपुर्दगी गरिने व्यवस्था छ ।

प्रस्तावित सुपुर्दगी काननु पारित भएमा बेइजिङको हङकङमाथिको नियन्त्रण बढ्ने यसका विरोधीहरुको भनाई छ । उनीहरुका अनुसार यसपछि अहिले हङकङलाई दिइदै आएको कयैन विशेषाधिकार र कानुनी संरक्षण नष्ट हुनेछ ।

सन् १९९७ सम्म ब्रिटिस उपनिवेश रहेको हङहङ, चीनलाई हस्तान्तरण गरिँदा यस क्षेत्रमा छुट्टै कानुनी–क्षेत्राधिकार हुने सहमति भएको थियो । शनिवार संसदमा लोकतन्त्र पक्षधर सांसद र बेइजिङ पक्षधर सांसदले विधयकबारे अलग सुनुवाई सुरु गर्न थालेपछि तनाव उत्पन्न भएको बताइएको छ ।

सांसदहरु टेबल चढ्ने, एक अर्कालाई गाली गर्ने र दुई पक्ष भएर एक अर्कालाई ठेले । यस घम्साघम्सीबीच एक सांसद ग्यारी फ्यान बेस्कन पछारिएर घाइते भएको बताइएको छ । लोकतन्त्र पक्षधर सांसद ग्यारी लडेर गम्भीर घाइते भएपछि अस्पताल लगिएको हो ।

सुपुर्दगी विधयक लागू भए हङ्कङलाई दिइएको विशेष स्वायत्तमाथिनै प्रहार हुने भन्दै विरोधमा १ लाख ३० हजार मानिसले प्रदर्शन गरेका थिए । त्यस्तै कयैन हजारले संसदबाहिर भेला भएर विधयक परित्याग गर्नुपर्ने माग राखेका थिए ।

Facebook Comments