मेलम्चीलाई गम्भीर रोग लागेको छः प्रचण्ड

नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेलम्ची खानेपानी आयोजना ढिलाई हुनुमा गम्भीर रोग लागेको टिप्पणी गर्नुभएको छ । लामो समयदेखि लागेको रोग भएको बताउँदै छिटै सञ्चो नहुने अवस्था आएको प्रचण्डको टिप्पणी रहेको छ । साथै उहाँले मेलम्ची रोक्न नेपालभित्रकै अदृश्य शक्ति सक्रिय रहेको प्रचण्डको भनाई छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले शुक्रबार गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले केही मानिसले अझै २ वर्ष मेलम्चीको पानी ल्याउन दिन्नौं भन्ने गरेको आफूले सुनेको प्रचण्डको भनाई छ ।

सरकारले मेलम्चीको पानी जतिसक्दो छिटो ल्याउने पक्षमा रहेपनि केही व्यक्ति र समूह भने त्यसको विरोधमा लागिरहेको प्रचण्डले जिकीर गर्नुभयो । सरकारले मेलम्ची आयोजना सम्पन्न गर्न वैकल्पिक व्यवस्था गनुपर्ने प्रचण्डको सुझाव रहेको छ । मेलम्ची ल्याउन नदिने धेरै खेलहरु रहेको प्रचण्डले यसबारे मेलम्ची आयोजनामा कार्यरत कर्मचारीहरुलाई विस्तृत जानकारी हुनुपर्ने उल्लेख गर्नुभयो

Facebook Comments