जापनमा तीव्र गतिको रेल परिक्षण

जापानले व्यवसायिक रुपमा प्रयोग हुने विश्वको सबैभन्दा तीव्र गतिको रेलको परीक्षण सुरु गरेको छ । रेल ४०० किमी प्रति घण्टासम्मको गतिमा गुड्न सक्ने जनाइएको छ । शुक्रबार रेलको तीन घण्टा लामो परीक्षण गरिएको छ उक्त रेल व्यवसायिक प्रयोगमा ल्याइँदा ३६० किमी प्रतिघण्टाको गतिमा गुड्ने बताइएको छ ।

व्यवासायिक प्रयोजनमा प्रयोग भइरहेकामध्ये अहिले सबैभन्दा तीव्र गतिमा गुड्ने रेलसेवा चीनको ‘फुछिङ ट्रेन’ हो । फुछिङ रेलको गति प्रति घण्टा ३५० किमी रहेको छ । जापानको परीक्षणमा प्रयोग भएको रेलमा १० वटा डिब्बा छन् । रेलको अगाडिको भाग सामान्य ‘बुलेट ट्रेन’को भन्दा पनि चुच्चो परेको छ ।

यसलाई २८० किमीको दुरीमा रहेका जापानका सेन्दाई र ओमोरी सहरमा परिक्षण गरिदैंछ । परीक्षण अन्य रेल नगुड्ने मध्यरातको समयमा पारेर गरिएको छ र यो हप्ताको दुई पटक हुनेछ ।

जापानले अहिले परिीाण गर्न लागेको रेल उसको शिन्कानसेन रेलको एएल एफए–एक्स संस्करण हो । जापानले एक वर्ष अघिदेखि शिन्कान्सेनको अर्को संस्करण एन७००एस परिक्षण गरिरहेको छ । उक्त मोडेल सन् २०२० बाट प्रयोगमा जानेछ ।

एन७००एस मोडेलको गति ३०० किमी प्रति घण्टाको थियो । जापानले अर्को वर्ष ओलम्पिक खेल आयोजना गर्दैछ, एन७००एस मोडेलका रेल त्यसैलाई लक्षित गरेर ल्याउन लागेको विश्वास गरिन्छ ।

Facebook Comments