रबिन्द्र अधिकारीको स्मृतिमा शैक्षिक सामग्री वितरण

रबिन्द्र अधिकारिको स्मृतिमा आज अनेरास्ववियुले माछापुच्छ्रे मा बि ढिकुरपोखरी मा १५ जना जेहेन्दार बिद्यार्थीलाई झोला सहित बर्ष दिनको लागि पुग्ने स्टेसनरी सामाग्री बितरण गरेको छ । अन्य विद्यार्थीलाई स्टेसनरी बितरण गरिएको क्षेत्रीय सदस्य गणेश भन्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा अनेरास्ववियु कास्की अध्यक्ष शेखर गौतमले विद्यार्थी सहुलियतको रुपमा दिदै आएको परिचय पत्रको आधारमा यातायातमा दिइने छुटलाई अझै संस्थागत गराउने बताए बताउनुभयो ।

अब प्रत्येक स्कुलमा विद्यार्थीलाई पौष्टिक आहराको ब्यबस्था राज्यबाट गरिनु पर्ने र हरेक स्कुलमा डाक्टर सहितको स्वास्थ्य उपचारको ग्यारेन्टी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा इन्जिनियर रमेश पौडेलले विद्यार्थीलाई पुरानो शैली बाट अध्यापन गराउनु रास्ट्रको लागि घाटा भएको बताउनुभयो ।

बिधालयका प्रधानाध्यापक गोबिन्द भण्डारीले यस्तो सामाजिक अभियान चाल्ने संगठन अनेरास्ववियुलाई भोलिका दिनमा यसैगरी अन्य स्कुलमा पनि पुग्न आग्रह गर्नुभयो । अनेरास्ववियु क्षेत्रीय इन्चार्ज माधब गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन पुर्ब क्षेत्रीय अध्यक्ष रमेश भण्डारीले गर्नुभउको थियो ।

Facebook Comments