खेल क्षेत्रमा छुट्टिएको बजेट सदुपयोग हुन सकेन: मन्त्री गुरुङ

भूतपूर्ब खेलाडी मंच नेपालको १० औं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारण सभालाई उद्घाटन गर्दै गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले खेल क्षेत्रमा राज्यको बजेटको ठूलो हिस्सा ओगट्ने भए पनि त्यसको सहि सदुपयोग हुन नसकेको बताउनुभयो ।

खेलकुदको बजेटको आकार हेर्ने हो भने त्यो अन्य बिकसित मुलुकको भन्दा कम नरहेको तर्फ र्इंगित गर्दै मन्त्रि गुरुङले भन्नुभयो, ‘बिकसित मुलुकका सरकारहरुले खेलक्षेत्रलाई छुट्टायाउने बजेटको आकार र हाम्रो जस्तो सानो मुलुकले छुट्टाएको बजेटको तुलना गर्ने हो भने पनि बजेट सानो हो भन्न मिल्दैन । उहाँले हामीले छुट्टाएको बजेट कहाँ सदुपयोग भएको छ खोज्ने बेला भएको बताउनुभयो ।

खेल क्षेत्रको बिकासका लागि अन्य देशको सहयोग पनि जारी रहेको बताउँदै मन्त्रि गुरुङले बजेटलाई सहि ठाउँमा प्रयोग गर्नु पर्ने कुरामा समेत जोड दिनुभयो । सो अबसरमा मन्त्रि गुरुङले गत चैतमा सम्पन्न यूथ एशियन गेम्समा ३००० मिटर दौडमा नेपालका लागि स्वर्ण पदक बिजेता अजित कुमार यादवलाई मंचका तर्फ बाट नगद १० हजार सहित सम्मान गर्नुभयो ।

सोही कार्यक्रममा शिक्षाविद जोर्ज जोनलाई पनि खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै मंचले सम्मान गरेको छ भने पोखराको खेलकुदमा पु¥याएको योगदानको कदर गर्दै स्व.अजित कुमार शेरचनलाई मरोणोपरान्त सम्मान गरिएको छ ।

उनीहरुलाई मन्त्रि गुरुङ, प्रदेश सांसद इन्द्रधारा विष्ट राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश कुमार गुरुङ लगाएतले सम्मान गरेका थिए । सोही कार्यक्रममा परिषद सदस्य गुरुङले धावक अजितलाई मदन भण्डारी स्पोर्टस् एकेडमीका तर्फ बाट नगद १० हजार प्रदान गरेका छन ।

पोखरा म्याराथनका लागि हङकङ बाशी नेपालीहरुहरु बाट संकलित रकमको बचत रकम मध्येको रकम बैंक बाट प्राप्त ब्याजले प्रत्येक बर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका पदक बिजेता खेलाडीलाई सम्मान गर्ने मंचले जनाएको छ ।

Facebook Comments