अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी

नेपाल पत्रकार महासंघले सरकारले ल्याएको मिडिया काउन्सिलसम्बन्धी विद्येयक तत्काल फिर्ता नगरे अन्तर्राष्ट्रिय मिडिया मिसनमा जाने बताएको छ । महासंघका महासचिव रमेश विष्टले मिडिया मिसनका साथै संयुक्त राष्ट्रसंघलाइ समेत गुहार्ने चेतावनी दिनुभयो ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा महासचिव विष्टले अहिले संसदमा प्रस्तुत गरिएको विद्येयक पारित भए स्वतन्त्र प्रेस नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो विद्येयक कानून बनेर आयो भने नेपालमा प्रेस स्वतन्त्रता बाँकी रहँदैन् ।

हामीले आन्दोलनको घोषणा गरिसकेका छौं ।’ बिष्टले नेपाली प्रेस शान्ति प्रक्रियाको हिस्सेदार भएकोले यसको स्वतन्त्र प्रेसको रक्षा हुनुपर्ने स्पष्ट पार्नुभयो । पछिल्लो समय प्रेसलाई नियन्त्रित कानून ल्याउने काम भएकोमा आक्रोश व्यक्त गर्नुभयो ।

सरकारले लोकतन्त्रको आवरणमा प्रेस जगतलाई निमोठ्ने प्रयास गरेको भन्दै उहाँले विधेयकलाई कुनै हालतमा स्वीकार नगर्ने बताउनुभयो । आमसञ्चार ऐनपनि प्रेसविरोधी आउन लागेको उहाँको भनाई छ । विद्येयक र ऐन मान्य नहुने र देशभरिका पत्रकारहरु संघर्षका लागि बढेको उहाँको भनाई छ ।

Facebook Comments