बुटवलमा अध्याधुनिक मासु प्रशोधन केन्द्र सञ्चालनमा

बुटवलमा हिमचुली एग्रो ईन्डष्ट्रिज प्रालिले अत्याधुनिक मासु प्रशोधन केन्द्र सहित कोल्ड स्टोर सञ्चालन गरेको छ । अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपले बुटवल उपमहानगरपालिका वडा नम्बर ११ पवित्रनगरमा अत्याधुनिक प्रशोधन केन्द्र र कोल्ड स्टोर सञ्चालनमा ल्याएको हो ।

दानाउद्योग सञ्चालन गर्दै आएको अन्नपूर्ण एग्रो इन्डस्ट्रिज गु्रपकै सञ्चालकहरुले हिमचुली एग्रो स्थापना गरी अत्याधुनिक उपकरण जडित अटोमेटिक मासु प्रशोधन केन्द्र सहित कोल्ड स्टोर सञ्चालनमा ल्याएका हुन् ।

अटोमेटिक मासु प्रशोधन केन्द्रमा जिउदो कुखुरालाइ प्रसोधनमा राखेपछि सबै प्रकृया पूरा हुदै बिक्रिका लागि मासु तयार हुनेछ । प्रशोधन केन्द्रमा मासु १ सय ५० टन मासु स्टोर गर्ने क्षमताको कोल्ड स्टोर समेत रहेको छ । केन्द्रमा १ घण्टामा १ हजार कुखुरा बध गर्ने सक्ने क्षमता रहेको छ भने मासुलाइ माइनस ४० डिग्री तापक्रममा फ्रिज गर्ने प्रविधि जडान गरिएको छ ।

अन्नपूर्ण एग्रो ग्रुपले नै हिमचुली एग्रो ईन्डष्ट्रिज प्रालि स्थापना गरेको हो । उक्त कम्पनीमा करिब ढेड करोडको लागतमा मेसिन जडान गरिएको छ । भारतीय,जापानीज र जर्मनी प्रबिधिको उपकरण जडान गरिएको उक्त ईन्डष्ट्रिज करिव २ करोड रुपैयाँ लागतको भएको एग्रो ग्रुपका अध्यक्ष शंकर टण्डनले जानकारी दिनुभयो । व्यवस्थित बधशाला नहुँदा उपभोक्ताले गुणस्तरीय मासुजन्य उत्पादन उपभोग गर्न नपाइरहेका बेला निजी क्षेत्रको प्रयासमा प्रशोधन केन्द्र स्थापना भएको हो ।

Facebook Comments