शितल गिरीकाे ‘सालिक’ विमाेचन

चर्चित बनेकाे ‘म बिना कसै कसैलाई, मुस्किल छ पोखरामा’ गीतका सर्जक शालिकराम गिरी ‘शित्तल’ काे मुक्तक सङ्ग्रह ‘सालिक’ विमाेचन गरिएकाे छ । न्यूरोडमा अवस्थित हिमालयन रिडर्स कर्नरमा शनिबार मुक्तक सङ्ग्रह ‘सालिक’को विमाेचन गरिएकाे हाे ।

मुक्तक मञ्च पोखराको आयोजनामा भएकाे विशेष कार्यक्रममा बरिष्ठ साहित्यकार सरुभक्तले ‘सालिक’ विमाेचन गर्नुभएकाे हाे । मुक्तकलाई गागरमा सागर अटाउने विधाका रूपमा चर्चा गर्दै मुक्तक लेखन चुनौतीपूर्ण रहेको सरुभक्तको भनाइ थियो । शीतलको सालिकले पोखरेली मुक्तक इतिहासमा महत्त्वपूर्ण स्थान राख्ने विश्वाससमेत व्यक्त गर्नुभयाे ।

मञ्चका अध्यक्ष प्राञ्जलको अध्यक्षतामा भएको कार्यक्रममा मुक्तककार गिरीले आफूले लेखेको कान्छो विधा भए पनि मुक्तकले बढी आकर्षण गरेको हुनाले पहिलो किताब मुक्तककै निकालेको बताउनुभयाे । गिरीका डेढ दर्जन गीत/गजल रेकर्ड भएका छन् ।

कार्यक्रममा मुक्तककारको परिचय साहित्यकार मन क्षेत्रीले दिनुभएकाे थियाे । उपाध्यक्ष भरतराज पौडेलको स्वागतमा भएको कार्यक्रमको सञ्चालन सचिव रामजीप्रसाद आचार्यले गरेका थिए शनिबार नै मञ्चको नियमित मुक्तक वाचनको १३२ औं शृङ्खला पनि सम्पन्न भएको छ ।

Facebook Comments