लागू पदार्थ दुर्व्यसनी रोक्न र्याली आयोजना

चितवनको भरतपुरमा लागू पदार्थ दुर्व्यसनीका विरुद्ध सचेतना जगाउने उद्देश्य सहित मोटरसाईकल र्याली भएको छ । ‘नशा घर घरको दशा’ भन्ने नाराका साथ भरतपुर ३ बेलचोकबाट लगभग १०० वटा मोटरसाईकलमा निस्केको ¥याली नगर परिक्रमा पछि आफ्नै कार्यलयमा पुगी जनचेतनामूलक सभामा परिणत भएको थियो ।

युवा तथा बिद्यार्थीहरुको बाक्लो उपस्थितिमा ¥याली सम्पन्न भएको फाउन्डेशनका संयोजक दिवाकर राज श्रेष्ठले जानकारी दिनुभयो । सन्देश फाउन्डेशनद्धारा सञ्चालित बि–यूनिट क्लब तथा रिकभरिङ नेपालको संयूक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

सो अवसरमा श्रेष्ठले श्रेष्ठले एउटा युवाले लागुपदार्थ सेवन गर्दा समाज र देशलाई हुने हानि नोक्सानीको बारेमा बुझाउदै युवा तथा बिद्यार्थीलाई लागुपदार्थ सेवन नगर्न आग्रह गर्नुभएको थियो । साथै उहाले नशारहित समाज निर्माण हामी सबैको साझा अभियान भन्दै यसमा सबैको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।

सभामा गृह मन्त्रालय उच्च स्तरीय लागुपदार्थ दुव्र्यशनी नियन्त्रणका सदस्य गौरब बाबु ढकालले युवाहरुलाई लागुपदार्थ सेवन गर्दा भविष्यमा आउन सक्ने समस्याको बारेमा बास्तविक ब्यक्तिको जीवनी प्रस्तुत गर्दै सचेत गराउनु भएको थियो । लागुपदार्थ सेवन गर्दाको क्षण सम्झेर तयार पारिएको गीत कलाकारहरुले सभामा प्रस्तुत गरेका थिय । मोटरसाईकल ¥याली प्रत्येक महिनाको अन्तिम शनिबार हुने संयोजक श्रेष्ठले जानकारी दिनुभएको छ ।

Facebook Comments