नेकपा कास्कीका सदस्यहरुको सपथ ग्रहण सम्पन्न

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कास्कीका जिल्ला सदस्यहरुको सपथग्रहण सम्पन्न भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङले जिल्ला सदस्यहरुलाई सपथ ग्रहण गराउनुभएको हो ।

कास्कीमा साविक एमालेबाट ८८ जना र साविक माओबादी केन्द्रबाट ६७ गरी कास्की जिल्ला सदस्य १ सय ५५सदस्यीय जिल्ला कमिटि बनेको छ । मुख्यमन्त्रीले सपथ ग्रहण गराएपछि सम्बोधन गर्दै जनता र पार्टीको पक्षमा काम गर्न निर्देशन दिनुभयो ।

कम्युनिष्ट पार्टीको जिल्ला सदस्य हुनु आफैंमा महत्वपूर्ण रहेको भन्दै उहाँले पदीय जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभएको हो । नेकपाका स्थाथी समिति सदस्य सोमनाथ प्यासीले देश जनता र पार्टीले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिनुभयो ।

उहाँले जिल्ला कमिटि हेर्दा एकैदिनमा चमत्कार दिन सक्ने देखेको भन्दै पार्टीको सहि ढंगले जिम्मेवारी निर्बाह गर्न आग्रह गर्नुभयो । गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डे(उत्तम)ले जनतामा उत्साह भर्ने र जनतासंग जोडिने मुख्य काम भएको बताउनुभयो ।

केन्द्रीय सदस्य एवं युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले कम्युनिष्ट पार्टीको स्थापना र मर्म अनुसार अगाडि बड्न आग्रह गर्नुभयो । नेकपाले जिल्ला नेतृत्व टुंगो लगाएसँग गण्डकी प्रदेश कमिटी मातहतका जिल्लाहरुमा जिल्ला सदस्यहरुको सपथ ग्रहणलाई तीव्रता दिएको हो ।

पार्टीका केन्द्रीय सदस्य एवं युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले कम्युनिष्ट पार्टीको स्थापना र मर्म अनुसार अगाडि बड्न आग्रह गर्नुभयो । नेकपाले जिल्ला नेतृत्व टुंगो लगाएसँग गण्डकी प्रदेश कमिटी मातहतका जिल्लाहरुमा जिल्ला सदस्यहरुको सपथ ग्रहणलाई तीव्रता दिएको हो ।

Facebook Comments