पोखराबाट भारतको देहरादुन सिधा बस सेवा सञ्चालन हुने

जेठको दोस्रो हप्ताबाट गण्डकी प्रदेशको राजधानी पोखरादेखि भारतको उताखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा शुरु हुने भएको छ । पृथ्वी राजमार्ग बस सञ्चालक समिति मार्फत सञ्चालन हुदै आएको मोर्डन एरा टुर्स एण्ड टभल्सले देहरादुनबाट मे १८ देखि हरेक शनिबार र नेपालबाट जेठ ८ गतेदेखि सधै बुधबार बससेवा सञ्चालन गर्न लागेको हो ।

पोखरामा पत्रकार सम्मेलन गरेर पृथ्वी राजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐन कुमार साईले सिधा बस सेवा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । पोखराबाट देहरादुन सम्मको भाडा भारु २७ सय निर्धारण गरिएको मोर्डन एरा टुर्स एण्ड टभल्सलका सञ्चालक केशव अधिकारीले जानकारी दिनुभयो ।

देहरादुनमा नेपाली भाषी झण्डै ५ लाख बसोबास गर्ने गरेको पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले जानकारी दिनुभयो । एसी सहितको डिलक्स ३५ सिट क्षमताको गाडी सञ्चालनमा आउन लागेको हो । शुभारम्भको अवसरमा १० प्रतिशत छुटको ब्यबस्था रहेको समेत बताइएको छ ।

Facebook Comments