अस्ट्रेलियामा ट्रेनी पाइलटले बेहोसी अवस्थामा जहाज उडाएपछि

अस्ट्रेलियामा एक पाइलटले बेहोसी अवस्थामा ४० मिनेटसम्म जहाज उडाएको खुलासा भएको छ । एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेको सार्वजननिक भएको हो ।

अस्ट्रेलियाको एबीसी न्युजका अनुसार ती ट्रेनी पाइलटले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी) ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिपोर्ट जारी गरेको थियो, जसमा फ्लाइट स्कुल फ्लाइट ट्रेनिङ एडिलेडको विमानलाई समावेश गरिएको थियो ।

उनलाई टाउकोमा दुखाई महशुस भएपछि विमानको अटोपाइलट खोलेको बताइएको छ । अस्ट्रेलियाको एबीसी न्युजले भेनेको छ, ‘आफ्नो ४० मिनेटको यात्राको अवधिमा ५ हजार ५ सय फिटमा उडान भरेको समयलाई उनले टाउकोमा दुखाई महसुस भएको थियो । यसपछि उनले अटोपाइलट खोले ।’ डायमन्ड डीए ४० विमानले एडिलेडको नियन्त्रण भएको हवाई क्षेत्रमा बिनाअनुमति प्रवेश गरेको थियो ।

Facebook Comments