पाइलटको सावधानीले विमान दुर्घटना हुनबाट जोगियो

म्यानमार नेसनल एयरलायन्सका पाइलटले विमानको ल्यान्डिङ चक्का नखुलेपनि सावधानीका साथ विमान अवतरण गराएका छन् । पाइलटको सावधानीका कारण उक्त विमान ठूलो दुर्घटनाबाट जोगिएको छ ।

आइतबार विमान अवतरणका बेला उक्त विमानको अगाडिको ल्यान्डिङ चक्का नखुलेपछि विमानलाई चक्काबिनै अवतरण गर्नुपर्ने अवस्था आएको थियो । विमानले मण्डाले विमानस्थलका लागि उडान भरेको थियो ।

यस्तो अवस्थामा विमान दुर्घटनाग्रस्त हुनसक्थ्यो । तर पाइलटले सावधानीपूर्ण ढंगबाट विमानलाई चक्काबिनै सुरक्षित रुपमा अवतरण गराएका हुन् । विमान अवतरण गरेसँगै विमानमा सवार सबै ८२ जनालाई उद्दार गरिएको थियो ।

यङ्गुनबाट मण्डाले विमानस्थलका लागि उडेको म्यानमार नेसनल एयरलायन्सको युबी १०३ फ्लाइट नम्बरको एम्ब्राएर १९० विमानको चक्का नखुलेपछि तनावको अवस्था सृजना भएको चालकदलका सदस्यहरुले बताएका छन् ।

Facebook Comments