कोन्मै/घोथाने गुरुङ समाज हङकङको वार्षिक कार्यक्रम सम्पन्न

कोन्मै /घोथाने गुरुङ समाज हङकङको प्रथम वार्षिक कार्यक्रम सम्पन्न भएको छ । कोन्मै घोथाने गुरुङ समाजको आयोजनामा भएको सो कार्यक्रममा हङकङबासि क्वोने हरुले शुभकामना आदनप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम गरि मनाएका छन् ।

सुवेदार मेजर तेजबहादुर क्वोनेले प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्यामप्रसाद क्वोने गर्नुभएको थियो ।

कार्यक्रममा बिशेष अथितिमा अधिवेसन संयोजक तथा संस्थाका सल्लाहकार कृष्णप्रसाद क्वोने, अधिवेशन संयोजक सदस्य, संस्था का सल्लाहकार तथा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वोने ‘मिलन’, अधिवेशन संयोजक तथा संस्थाका सल्लाहकार राजु क्वोने, सल्लाहकार तथा ग्राण्डमास्टर तुल्सी क्वोने, तमु ट्हो ह्युल हङकङका अध्यक्ष विजय तमु, तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर तमु, तमु समाज हङकङका अध्यक्ष कोमल तमु (स्याङ्जाली कान्छा ), आर्थर डाँडाखर्क सहयोग समिति हङकङका अध्यक्ष मनोज क्वोने, देउपुर देउराली समाज हङकङका अध्यक्ष उदय क्वोने, पञ्चासे सेवा समिति हङकङका अध्यक्ष कुमार क्वोने तथा अन्य सल्लाहकारहरु तथा क्वोने दाजुभाई तथा दिदीबहिनीहरुको सहभागिता रहेको थियो ।

सोही कार्यक्रममा नेपाल तथा हङकङको सामाजिक विकासमा विशेष योगदान पु¥याउँनुहुने क्वोने दाजुभाई तथा दिदीबहिनीहरुलाई सम्मान गरिएको थियो । सामाजिक क्षेत्र विकासमा मुख्य भुमिका खेलेर सम्मानित हुनेमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा क्वोने ‘मिलन’, खेलकुद क्षेत्रमा विशेष योगदान पु¥याएर सम्मानित हुनेमा ग्रान्ड मास्टर तुल्सि क्वोने , हङकङ मा लामो समय टि बि एम को रुपमा कार्यरत रघु क्वोने ‘कमल’ सम्मान गरिएको हो ।

यस्तै, सेकेन्डरी लेभलमा राम्रो अंक ल्याएर उतिर्ण भएको भन्दै एन्जिला क्वोने लाई सम्मानित गरिएको थियो अन्तमा संथाका बारेमा अध्यक्ष श्यामप्रसाद क्वोनेले बोल्नुभएको थियो भने बिशेष अथिततिहरुले शुभकामना मन्तब्य दिनुभएको थियो ।

अन्तमा विविध साँस्कृतिक कार्यक्रम तथा आकर्षक पुरस्कार सहितको लक्कि ड्र कार्यक्रमको मुख्य आकर्षणको रुपमा रहेको थियो । कार्यक्रममा समाजका उपाध्यक्ष भक्तबहादुर क्वोने ले स्वागत मन्तव्य दिएर अतिथिलाई स्वागत गर्नुभयो भने कार्यक्रम सञ्चालन हरि क्वोनेले गर्नुभएको थियो ।

Facebook Comments