आध्यात्मिक चिन्तन पनि महत्वपूर्णः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भौतिकवादी दर्शनको विद्यार्थी भएर पनि आध्यात्मिक चिन्तनको महत्व बुझेको बताउनुभएकाे छ । राष्टिय विभूति सीता जन्म जयन्ती समारोहमा आयोजित कार्यक्रममा काठमाडौंमा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

प्रचण्डले आफू ध्यान र योगको विज्ञान मानव जीवनमा महत्वपूर्ण रहने बताउनुभयाे । ‘म भौतिकवादी दर्शनको विद्यार्थी । तर आध्यामिक विषयलाई पनि बुझेको छु । आध्यात्मिक चिन्तनको ऐतिहासिक भूमिकालाई सम्मानमात्रै होइन, प्रवद्र्धन र विकास आवश्यक छ’  प्रचण्डले भन्नुभयाे ।

उहाँले आगामी वर्षमा पर्यटन तथा सँस्कृति मन्त्रालय र प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय विभूति सीताको जन्म दिवसलाई भब्य रुपमा मनाउनु पर्नेमा जोड दिनुभयाे । प्रचण्डले  सीता जन्म जयन्तीलाई राष्ट्रिय स्वरुप दिएर लैजानु पर्ने बताउनुभयाे । मिथिला र मिथिला सभ्यता विश्वका मानव जातिकै सँस्कृतिको केन्द्रविन्दु रहेको र यसबाट मानिसहरुले ज्ञान र सीप सिकेर मानव जातिलाई नै अगाडि बढाउने काम भएको प्रचण्डकाे भनाइ थियाे ।

जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका बेला नेपालका प्रधनमन्त्री र मोदीबीच जनकपुरदेखि अयोध्यासम्म चल्ने बस सञ्चालनमा ल्याउनु, धार्मिक सर्किट बनाउने कामको प्रयास हुनुले यसको महत्व झन बढेर गएको प्रचण्डले उल्लेख गर्नुभयाे ।

Facebook Comments