संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दीका अवसरमा विशेष कार्यक्रम सम्पन्न

संस्कृतिविद् सत्यमोहन जोशीको जन्म शताब्दी विशेष कार्यक्रम गरी धुमधामका साथ मनाइएको छ । संस्कृतिविद् जोशी १ सय वर्ष पुगेको अवसरमा उहाँलाई बग्गीमा राखेर ललितपुर नगर परिक्रमा पनि गराइएको छ ।

जन्म शताब्दीका अवसरमा सोमबार ललितपुरमा आयोजित विशेष समारोहमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदुत मञ्जिवसिंह पुरी लगायत विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति थियो ।

राष्ट्रपति विद्या भण्डारीले संस्कृतिविद् जोशीको दीर्घायु र सुश्वास्थ्यको कामना गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संस्कृतिविद् जोशी सय वर्ष प्रवेश गरेको अवसर पारेर पठाएको सन्देशमा नेपाली साहित्य र सांस्कृतिक भण्डारलाई समृद्ध बनाउन पुर्याएको योगदानको उच्च प्रशंशा गरिएको छ ।

संस्कृतिविद् जोशी सय वर्ष पुगेको अवसर पारेर आज विहान उहाँको निवासमा आफन्तजनहरुले सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन् । ललितपुर महानगरपालिकाले उहाँको सम्मानमा आज सार्वजनिक विदा दिएको छ ।

Facebook Comments