क्व्होलासोथर ९ गिलुङ गाउँलाई स्मार्ट भिलेज बनाउन पहल गर्ने

लमजुङ जिल्लाको क्व्होलासोथर ९ गिलुङ गाउँलाई स्मार्ट भिलेज बनाउन गिलुङ समाज पोखराले पहल गर्ने भएको छ । पोखरामा सम्पन्न समाजको १५औं साधारण सभाले उक्त निर्णय गरेको समाजका अध्यक्ष दुधमान गुरुङ (आशिष )ले जानकारी दिनुभयो ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको जन्म गाउँ समेत रहेको गिलुङलाई स्मार्ट भिलेज बनाउन पलह गर्न लागेको हो ।

गिलुङ समाज पोखरा जस्तै, गिलुङ समाज युके ,गिलुङ समाज हङकङले पनि गिलुङको विकासको लागि आर्थिक र नैतिक सहयोग गर्दै आएकोले स्मार्ट भिलेजको लागिपनि सहयोग प्राप्त हुने बताइएको छ ।

समाजसेवी तुलसी प्रसाद गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष सेतेसुब्बा गुरुङ, महिला अध्यक्ष देवमाया गुरुङ ,भुपु अध्यक्ष जगमान गुरुङ ,सस्थापक कोषाध्यक्ष तुल्सीमान गुरुङ,सल्लाहकार सुवेदार विनसुब्बा गुरुङ ,निर्वतमान अध्यक्ष सुवेदार कृष्णबहादुर गुरुङ लगायतले स्मार्ट भिलेजको लागि सवै जुट्नु ्पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सचिव टंक प्रसाद गुरुङ र कोषाध्यष सुवेदार देवप्रसाद गुरुङद्धारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।कार्यक्रममा स्वागत सुवेदार मेजर हनेरी क्याप्टेन कुश प्रसाद गुरुङले गर्नुभएको कार्यक्रम समाजका अध्यक्ष समाजसेवी दुधमान गुरुङ (आशिष)को अध्यक्षतामा भएको थियो ।

Facebook Comments