विवाहको २५ औँ बार्षिक उत्सव बृद्धाश्रममा

चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने तथा भगवती न्यौपानेले विवाहको २५औँ बार्षिकउत्स बृद्धाश्रमका बृद्धवृद्धाहरुसँग मनाउनुभएको छ । वैवाहिक जीवनको २५ वर्ष प्रवेशको अवसरमा न्यौपानेले पोखरा महानगरपालिका वडानं–१४ स्थित वात्सायन बृद्धाश्रमका बृद्ध बुबाआमाहरुसँग आशीर्वाद लिँदै खाना खुवाएर मनाउनु भएको हो ।

उनीहरुले बृद्धाश्रममा रहेका २० जना बृद्धबृद्धाहरुलाई खानाको प्रवन्ध न्यौपाने दम्पतीले गर्नुभएको थियो । सो अवसरमा उपस्थित कलाकार, सामाजिक व्यक्तित्व, सञ्चारकर्मी तथा लायन्स सेन्ट्रल टाउनका सदस्य लगायतले न्यौपाने दम्पतिलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लायन्स ईन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ नेपालका निर्वतमान डिष्ट्रिक गभर्नर धनराज आचार्यले प्रेरणादायी जोडीको रुपमा रहेको न्यौपाने दम्पतिको आगामी दिनमा पनि सफलताको कामना गर्दै न्यौपानेको कलाकारिताले अझ बढी फड्को मार्न सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्गका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, लोक दोहोरी गायक जीवन दाहाल, रमेश विजी, बृद्धाश्रमका उपाध्यक्ष रेशम जिसी, लायन्स सेन्ट्रलका अध्यक्ष देवकृष्ण काफ्ले लगायते शुभकामना व्यक्त गरेका थिए ।

Facebook Comments