बजेटले नागरिकलाई खुशी बनाउनेछः अर्थमन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले नागरिकको खुसीलाई ध्यान दिएर नै बजेट बनाइने बताउनुभएको छ । आगामी आर्थिक वर्ष ०७५÷७६ को बजेटको प्राथमिकतामा राखिने नागरिकका आवश्यकता अनुसारका कार्यक्रम राखिने बताउनुभयो ।

विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदैं अर्थमन्त्री खतिवडाले बजेटको प्राथमिकताको क्षेत्रगत विषय कुनै एउटा मात्र नभएको उल्लेख गर्नुभयो । धेरै भन्दा धेरै नागरिकका सरोकार सम्बोधन हुने कार्यक्रम तथा आयोजना नै बजेटका प्राथमिकताका क्षेत्र हुने अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम र संविधानमा भनिएका विषयका आधारमा नै बजेट निर्माण गरिने बताउनुभयो । विनियोजन विधेयक २०७६ का सम्बन्धमा प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले संविधानले अंगीकार गरेका निर्देशक सिद्धान्तहरु नै बजेटमा प्रतिबिम्बित हुने धारणा राख्नुभयो ।

Facebook Comments