सहकारीमा आर्थिक पारदर्शिता आवश्यक: मेयर जिसी

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा पोखरा महानगरपालिकाले पोखराका २७ सहकारीका प्रतिनिधिलाई तालिम दिएको छ । सहकारी लेखा व्यवस्थापन तथा वित्तीय विश्लेषण सम्बन्धी तालिम दिइएको हो ।

तालिमको अन्तिम दिन समापन सत्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले तत्कालीन जिल्ला स्तरमा रहेका सहकारी डिभिजन कार्यालय स्थानीय तहमा हस्तान्तरण भएसँगै सहकारीको व्यवस्थापनमा महानगरले चासो दिइरहेको बताउनुभयो

महानगरको दायराभित्र पर्ने सहकारीको आर्थिक पारदर्शिता र कार्यशैली विकास गर्न तालिमको प्रबन्ध गरिएको बताउँदै मेयर जिसीले सिकाइलाई प्रभावकारी रुपमा व्यवहारमा उर्तान आग्रह गर्नुभयो । तालिमका तालिम मात्र नभई, यो सिकाइले सहकारी व्यवस्थापन र कार्यशैली सुर्धानमा सहयोग गर्ने उहाँको भनाई छ ।

तालिममा लेखा व्यवस्थापन, सैद्धान्तिक विषय, नगद प्रवाह ज्ञान, कर्जा प्रवाह, कोष व्यवस्थापन, वित्तीय जोखिम विश्लेषण, सम्पत्ति शुद्धीकरण सम्बन्धी कक्षा सञ्चालन गरिएको सहकारी दर्ता अधिकारी एवं महानगरका सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिनुभयो । सहभागीले उक्त अवधिमा विभिन्न २१ वटा कक्षा मार्फत् १० जना प्रशिक्षकबाट प्रशिक्षण लिएका थिए ।

पोखरा महानगरपालिका सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले लेखा तथा वित्तीय विश्लेषण तालिमले सहकारीलाई थप जिम्मेवार बनाई कार्यदक्षता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । तालिममा सहभागी क्रियाशील महिला विकास सहकारी संस्थाकी प्रतिनिधि शारदा गिरीले तालिमबाट सिकेको ज्ञान उपयोग गर्न सके कार्यालय व्यवस्थापनमा समस्या नरहने बताउनुभयो ।

सफल सहकारी बनाउन कुनकुन पक्ष आवश्यक रहने, लेखा व्यवस्थापन कसरी गर्ने भन्ने कुरा तालिमको महत्वपूर्ण पक्ष भएको उहाँको भनाई थियो । सम्पत्ति शुद्धीकरणलाई ध्यान दिँदै नीति नियम र सिद्धान्त अनुरुप चल्न सके सहकारीले राखेको दीगो लक्ष्य सफल हुनेमा उनले विश्वास व्यक्त गर्नुभयो । तालिममा नयाँ दर्ता भएका १७ सहकारी र केही पुराना गरी २७ संस्थाका १÷१ जनाले प्रशिक्षण लिएका थिए ।

तत्कालीन सहकारी डिभिजन कार्यालयबाट हस्तान्तरण भई पोखरा महानगरमा आएका ३ सय १७ र थप नयाँ १७ सहकारी गरी ३ सय ३४ सहकारीलाई महानगरले नियमन गर्दै आइरहेको छ । थप १७ नयाँ सहकारी दर्ता प्रक्रियामा रहेको जनाइएको छ ।

Facebook Comments