बजेट समाजवाद उन्मुख हुन्छ: नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जेठ १५ गते घोषणा हुने आगामि आर्थिक बर्षको बजेट सामाजवाद उन्मुख हुने बताउनुभएको छ । प्रेस संगठन गोरखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता श्रेष्ठले गत बर्ष विकास र समृद्धिका लागि आधारवर्षमा रुपमा सफल भएको बताउनुभयो ।

आगामि आर्थिक बर्षको बजेट अव समाजवाद उन्मुख समृद्धि तर्फ अगाडि बढ्ने, चुनावी घोषणापत्र अनुसार ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता बृद्धि हुने उहाँको भनाई थियो ।
नेपाल कम्युनिष्ट पार्टी गोरखाका जिल्ला कमिटी सदस्यहरुको सपथ ग्रहण कार्यक्रमका लागि नेता श्रेष्ठ गोरखा आउनुभएको हो । उहाँले बजेटका सैद्धान्तिक पक्ष उत्पादन वृद्धि, समानुपातिक, समावेशी, सामाजिक न्याय सहितको हुने बताउनुभयो ।

नेकपा सरकारले स्वतन्त्र पत्रकारितामा अंकुश लगाउन खोजेको हो भन्ने प्रश्नमा विद्ययेक पेश गर्दैमा त्यो कानुन नहुने भन्दै नेता श्रेष्ठले प्रेस स्वतन्त्रताकै पक्षमा विधेयक बनने बताउनुभयो ।

नेकपा गोरखाको सपथग्रहण तथा पूर्ण बैठक कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहइञ्चार्ज खगराज अधिकारी, नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य हरीराज अधिकारी, केन्द्रीय सदस्य अमर तमु, केन्द्रीय सदस्य, कृष्ण धिताल, केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सरकारका मन्त्री रामशरण बस्नेत लगायतले सम्बोधन गरेका थिए ।

नेकपाका जिल्ला अध्यक्ष लेख बहादुर थापा मगरको अध्यक्षता र सचिव प्रेम गुरुङको सञ्चालनमा भएको थियो । बैठकले जिल्ला कमिटी सदस्यहको जिम्मेबारी बाँडफाँड गर्नुका साथै, वडा कमिटी गठन, पार्टी सदस्य अद्यावधिक गर्ने, स्थानीय तह, प्रदेश तथा केन्द्रीय सरकारको तहगत योजना निर्माण गरी प्रस्ताव पठाउने लगायतका निर्णय गरेको छ ।

Facebook Comments