विचार र नेतृत्वको विकासमा प्रष्ट हुन आवश्यकः कार्यावाहक प्रधानमन्त्री पोखरेल

कार्यवाहक प्रधानमन्त्री इश्वर पोखरेलले एकीकृत पार्टीको विचार र नेतृत्व स्पष्ट हुनुपर्ने बताउनुभएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहनुभएका कार्यावाहक प्रधानमन्त्री पोखरेलले एकीकृत पार्टीको मूल विचार स्पष्ट हुनुपर्ने बताउनुभयो ।

युवा संघ नेपालको २९ औं स्थापना दिवसका अवसरमा बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले विचार र नेतृत्वका विषयमा प्रष्ट नहुने, नेतृत्व विकासको पक्षमा ध्यान नदिने हो भने एकीकृत नेपाल कम्युनिष्ट पार्टी तासको घर बन्ने चेतावनी दिनुभयो ।

पोखरेलले अब नेकपाभित्र सांगठानिक एकता सकिन लागेको भन्दै राजनीतिक कार्यदिशाबारे भने बहस र छलफल आवश्यक भएको बताउनुभयो । उहााले जनताको बहुदलीय जनवादलाई पार्टीको मार्ग निर्देशक सिद्धान्त बनाउनुपर्ने बताउनुभयो । पार्टी विधि र प्रक्रियामा चल्नुपर्ने भन्दै उहाँले अहिले पार्टी सञ्चालन पद्दतिप्रति असन्तुष्टी जनाउनुभयो ।

पोखरेलले अब नेकपाभित्र सांगठानिक एकता सकिन लागेको भन्दै राजनीतिक कार्यदिशाका लागि पार्टीभित्र सार्थक बहस र छलफल हुनुपर्ने नेता पोखरेलको भनाई छ । नेता पोखरेलले पार्टी कुनै नेताको तजबिजमा होइन, स्पष्ट कार्यदिशा र नीतिबाट चल्नुपर्ने बताउनुभयो । उहाँले श्रृंखलावद्ध कमिटी प्रणाली नअपनाइए नेकपाको दुर्गती कसैले रोक्न नसक्ने बताउनुभयो ।

Facebook Comments