अख्तियारका पूर्व आयुक्त पाठक अदालतमा उपस्थित, धराैटीमा रिहा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक अदालतमा हाजिर हुनुभएको छ । भ्रष्टाचारको मुद्धामा बयानका लागि पाठक बुधबार विशेष अदालतमा हाजिर हुनुभएको हो ।

अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्वय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको संयुक्त इजलासमा पाठकको बयान भएको थियो । पाठकविरुद्ध गत चैत १२ गते ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।

पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

यसैवीच पाठक ७८ लाख धराैटी रकम जम्मा गरेर रिहा हुनुभएकाे छ ।

Facebook Comments