कालोपुलमा युवतीमाथि एसिड प्रहार गर्ने पक्राउ

काठमाडौंको कालोपुलमा युवतीमाथि एसिड प्रहार गरेको आरोपमा काँडाघारी सनसिटी अपार्टमेन्ट नजिक बस्ने २८ वर्षीय विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको छ । भुजेललाई पीडितको बयानको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

काभ्रे घर भएका भुजेलले आफ्नै श्रीमती जेमी खड्कालाई एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाउको छ । भुजेललाई काठमाण्डौ काडाघारी सनसिटीवाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौका प्रबक्ता होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

एसिड प्रहारबाट युवतीको शरीरका विभिन्न भाग एसिडले जलेको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । युवतीको अहिले कीर्तिपुरको फेक्ट अस्पतालमा उपचार भइरहेको छ ।

युवतीलाई चाबहिलस्थित ओम अस्पतालबाट कीर्तिपुर स्थित फेक्ट अस्पतालमा रिफर गरिएको हो । एसिडले जेमीको शरीरका विभिन्न भाग जलेकाले ओम अस्पतालबाट फेक्ट रिफर गरिएको हो । बुधबार साँझ काठमाडौंको कालोपुलमा २० वर्षीय ती युवतीमाथि एसिड प्रहार भएको थियो ।

Facebook Comments