अमेरिकामा आइटी क्षेत्रमा राष्ट्रिय संकटकाल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइटी क्षेत्रमा राष्ट्रिय संकटकाल घोषणा गर्नुभएको छ । विदेशी साइबर आक्रमणबाट अमेरिकी कम्प्युटरलाई जोगाउन भन्दै ट्रम्पले एक कार्यकारी आदेश जारी गरेर राष्ट्रिय संकट घोषणा गरेको बीबीसीले जनाएको छ ।

संकटकाल घोषणासँगै अमेरिकी कम्पनीहरुलाई विदेशी टेलिकम सेवा उपयोग गर्न प्रतिवन्ध लगाइएको छ । ट्रम्पले विदेशी टेलिकम सेवाबाट राष्ट्रिय सुरक्षामा खतरा भएको ठहर सहित संकटकाल घोषणा गर्नुभएको हो ।

राष्ट्रिय सुरक्षामा खतरा पार्ने विदेशको कुन टेलिकम सेवा हो नखुलाइए पनि चिनीयाँ कम्पनी हुवावेलाई अमेरिकाले यसअघि नै गोप्य डाटा चोरी गरेको आरोप लगाउँदै आएको छ । हुवावेका उत्पादनहरुलाई चीनले निगरानीका लागि प्रयोग गर्न सक्ने अमेरिका लगायतका केही मुलकको आशंका रहेको छ ।

चिनियाँ कम्पनी हुवावले भने आफूमाथि लगाइएका आरोपलाई निराधार भएको र कसैलाई पनि हानी नोक्सानी नपुर्याएको दवाी गर्दै आएको छ ।

ट्रम्पको यो आदेशको उद्देश्य अमेरिकालाई सक्रिय रुपमा लगातार सूचना र सञ्चार प्रविधि सेवाको उपयोगबाट गोप्य सूचना चोरी गरिरहेका विदेशी शत्रुबाट जोगाउन यस्तो कदम चाल्नुपरेको ह्वाउट हाउसले जनाएको छ । चिनियाँ कम्पनीका विज्ञहरूले भने अमेरिकी निर्णयले स्वयं अमेरिकी उपभाेक्तालाइ असर पर्ने बताएका छन् ।

Facebook Comments