भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेनमा बगाले नियुक्त

स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पतालको मेडिकल सुपरिटेन्डेनमा डा विश्वबन्धु बगाले नियुक्त गरेको छ । उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै डा बगालेलाई मेडिकल सुपरिटेन्डेनमा नियुक्ति गर्नुभएको हो ।

यसअघि अस्पतालका मेसु डा कृष्ण पौडेल रहनुभएको थियो । बालरोग विशेषज्ञ डा बगाले १० औं तहमा कार्यरत हुनुहुन्छ । डा बगालेले नयाँ जिम्मेवारीसँगै अस्पतालको सेवा सुविधा विस्तारका लागि काम गर्ने बताउनुभयो । सरकारले भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको थियो ।

Facebook Comments