व्यवहारीक शिक्षा आवश्यकः अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले अबका विद्यार्थीहरुलाई जवरजस्ती होइन उनीहरुको इच्छा अनुसारको व्यवहारिक शिक्षा हासिल गर्न दिनुपर्ने बताउनुभएको छ । बागलुङ जिल्लाको काठेखोला गाउ“पालिका–७ रेश स्थित रेश नुन्थला माध्यामिक विद्यालयले सञ्चालन गरेको शैक्षिक महोत्सवको बिहीवार उद्घाटन कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

अध्यक्ष तिलिल्सिनाले बालबालिकालाई करकापमा होईन ईच्छा अनुसारको व्यवहारीक शिक्षा प्रदान गर्न सके मात्र भोलीका दिनमा स्वरोजगार बन्न सक्ने बताउनुभयो । उहाँले शिक्षालाई रोजगार, उद्यमशिलता लगायतका विषयमा जोड्न सकेमा मात्र शिक्षा आर्जन गरेको व्यक्ति खाली हात बस्न नपर्ने बताउनुभयो ।

‘अहिलेको सरकारले व्यवहारिक शिक्षामा जोड दिएको छ’ उहा“ले भन्नुभयो ‘व्यवहारिक शिक्षा संग जोडेर अध्यापन गराउने विद्यालयलाई विशेष प्राथमिकता दिने नीतिमै व्यवस्था गर्नेछौं ।’ तिमिल्सिनाले नीति निर्माण संगै बागलुङ जिल्लाको समग्र विकासमा सक्दो प्रयास गर्ने बताउनुभयो । समृद्ध नेपाल निर्माणका आधारहरु आजका वालवालिका भएको भन्दै शिक्षा आर्जनपछि विदेश जाने परिपाटी अन्त्यका लागि सरकार संवेदनशिल रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधी सभा सांसद डा.सुर्य पाठक, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बागलुङका सभापति जब्बरबहादुर लामिछाने, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिल बहादुर कार्की लगाएतले बोल्नुभएको थियो ।

कार्यक्रममा जनवादी गायक जीवन शर्माले परिवर्तनका लागि जनताको साथ र नेताहरुको इमान्दार प्रयासमा जोड दिदै सांगितिक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । यस्तै इन्द्रेणी समुहका संयोजक कृष्ण कंडेलले रेशका भौगोलिक स्थानको नाम सहितको गित प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रम काठेखोला गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रेम लामिछानेको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष चित्र बहादुर कार्कीको स्वागत तथा शिक्षक डिल बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

शैक्षिक महोत्सवको अवसरमा विद्यालयले सञ्चालन गरेको सहयोग गरौं अभियानमा बिहीबार सम्म १ करोड भन्दा बढी रकम संकलन भइसकेको विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले बताउँनुभएको छ ।

विद्यालयको शैक्षिक उन्नयनका लागि आर्थिक संकलन गर्ने उद्देश्यले यही वैशाख ३१ गते देखि सञ्चालित शैक्षिक महोत्सव जेठ ४ गते सम्म चल्ने विद्यालयका प्रधानध्यापक ओम बहादुर थापाले बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि करिव डेढ करोड रुपैया“ आर्थिक संकलन गर्ने लक्ष्यका साथ शैक्षिक महोत्सवको आयोजना गरेको विद्यालयले जनाएको छ ।

शैक्षिक महोत्सवमा संकलन भएको रकमले विद्यालयको भौतिक पूर्वाधार, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला, पुस्तकालय लगायतका आधारभूत आवशयकताहरु परिपूतिका लागि खर्चने विद्यालयले जनाएको छ ।

Facebook Comments