पोखरा स्पोर्टस अवार्ड जेठ २४ मा हुने

पोखरामा ‘टिभिएस अपाचे चौथो पोखरा स्पोर्टस अवार्ड –२०७५’ आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यहि जेठ २४ गते पोखरा सभाहगृहमा अवार्डको आयोजना गर्न लागेको हो ।

अवार्ड कार्यक्रमबारे विहिवार पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो । स्पोर्टस अवार्ड कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम, खेलाडी र्याम्पसँगै विभिन्न खेल कौसल प्रदर्शन गरिने नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अवार्ड विभिन्न ८ विधामा प्रदान गरिनेछ । त्यसपटक पपुलर प्लेयर अवार्ड समावेश गरिएको र त्यसका लागि एस.एम.एसको आधारमा खेलाडी छनोट हुनेछन । यसपालिको स्पोर्टस अवार्डमा बतास ब्रदर्श प्रालिले मञ्चको तर्फबाट लाग्ने कर छुट गर्ने जनाएको छ ।

त्यसपालिको अवार्डमा लाइफ टाइम अचिभमेन्ट अवार्ड तर्फ चाँदी जडित ट्रफि ताम्रपत्र, बर्ष खेलाडी पुरुष अवार्ड तर्फ टीभिएस अपाचे मोटरसाइकल, बर्ष खेलाडी महिला अवार्ड तर्फ बिगो स्कुटर, बर्ष उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, बर्ष पपुलर प्लेयर अवार्ड तर्फ १५ हजार रुपैया, बर्ष उत्कृष्ट खेल संस्था अवार्ड तर्फ १० हजार रुपैया साथमा ट्रफी दोसल्ला प्रदान गरिनेछ संयोजक विजय नेपालले जानकारी दिनुभयो ।

अवार्ड कार्यक्रमका लागि अध्यक्ष एकराज गिरीको संयोजकत्वमा १२ उपसमिति गठन समेत गरिएको छ । जसमा खेलतर्फ उत्कृष्ट ३ मनोयन र पत्रकार अवार्डका लागि छुट्टाछुट्टै समिति गठन गरिएको आयोजक समितिले जनाएको छ ।

Facebook Comments