प्रदेश नं. २ ले स सञ्चार सम्बन्धि विधेयकमा परिमार्जन गर्ने

प्रदेश नं.२ सरकारले सञ्चार सम्बन्धि विधेयकमा आवश्यक परिमार्जन गर्ने जनाएको छ । सञ्चार सम्बद्ध संस्थाहरुको परामर्शपछि त्यस्ता प्रावधान परिमार्जन गरिने प्रदेश नं. २ का आन्तरिक मामला तथा कानुनमन्त्रीले विज्ञप्ति मार्फत् स्पष्ट पार्नुभएको हो । विधेयक दर्ताकर्ता प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्ताव फिर्ता लिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

यसअघि प्रदेश २ सरकारले सञ्चारसम्बन्धी विधेयक दर्ता गरी पत्रकारलाई १ करोडसम्म जरिवाना गर्ने प्रस्ताव दर्ता गरेको थियो । प्रदेश सरकारले प्रदेशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रियतामा आँच आउने विषय प्रकासन तथा प्रसारण गरेको खण्डमा ५० लाखदेखि एक करोडसम्म जरिवाना गर्ने व्यवस्था थियो ।

उहाँले विज्ञप्तिमा प्रेस स्वतन्त्रताको बहुआयामिक पक्षमाथि आघात पुग्ने र सञ्चारकर्मीहरुको जनउत्तरदायी कार्य निषेध गर्ने कुनै पनि प्रयत्न वा निय प्रदेश सरकारको नरहेको उल्लेख गर्नुभएको छ ।

Facebook Comments