विचारको समयानुकल विकास गरिनुपर्छः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले विचारलाई समयानुकल विकास गर्दै जानुपर्ने बताउनुभएको छ । उहाँले जनताको बहुदलीय जनवाद र २१ औँ शताब्दीको जनवादलाई नयाँ सश्लेषण गरी समाजवादतर्फ उन्मुख हुन सकिने समेत उल्लेख गर्नुभएको छ।

२६ औं मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको एक वर्षका पुगको अबसरमा मदननगरमा आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय रुपमा विकास भएका घटनाक्रम तथा अनुभवका आधारमा कम्युनिष्ट आन्दोलनलाई जनताप्रति उत्तरदायी बनाउनुपर्ने बताउनुभयो ।

अन्तर्रा्ष्ट्रिय रुपमा मार्क्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्षलाई अन्त्य गर्न नयाँ विचारको प्रयोग गरेका कारण उहाँ लोकप्रिय हुनुभएको प्रचण्डको भनाई थियो ।

उहाँले पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी गरेमात्र कम्युनिष्ट आन्दोलन सफल हुने बताउनुभयो । नयाँ परिस्थितिअनुसार समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्ने राजनीतिक रणनीति विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

मुलुकमा सामाजिक न्याय, सामाजिक सुरक्षा, स्थायित्व र देश विकासको उद्देश्यले फरक परिवेशमा रहेका दुई पार्टी तत्कालीन एमाले र माओवादीबीच एकता भएको बताउँदै अध्यक्ष प्रचण्डले एकता भाँड्नका लागि विभिन्न शक्ति केन्द्रबाट प्रयत्न भइरहेको बताउनुभयो ।

जनताको चाहना तथा नेतृत्वको सही दृष्टिकोणका कारण एकता सम्भव भएको उहाँकोभ नाई थियो । जनवर्गीय संगठनको एकता सम्पन्न भएको र अब केही दिनमा जिल्ला अधिवेशन गरी केही महीनाभित्र महाधिवेशन सम्पन्न गरिने योजना रहेको बताउनुभयो ।

Facebook Comments