कानुनी रुपमा नै विश्वशान्ति स्थापित गरौंः एचडब्लुपिएल

युद्ध अन्त्य र विश्व शान्तिको घोषणा सम्बन्धि दस्तावेज तयार भएको छैटौं बर्षगाँठ विभिन्न कार्यक्रमका साथ मनाइने भएको छ । युद्धका पीडितहरुले नै शानितको नेतृत्व गर्न सक्छन भन्ने अवधारणका साथ यो कार्यक्रम विश्वभर मनाउन लागिएको हो ।

विभिन्न ७० वटा मुलुकमा जनसहभागितामा शान्ति प्रवद्र्धनात्मक कार्यक्रमका साथै शान्तियात्रा समेत गरिदैंछ । कार्यक्रममा विश्वव्यापी रुपमा युवा एवं नागरिकको सहभागितामा समुदायमा आधारित शान्ति संस्कृतिलाई बढावा दिनु रहेको छ । हेभन्ली कल्चर वल्र्ड पिस रेष्टोरेसन अफ लाइटले कार्यक्रमको अगुर्वा गर्दै आएको छ ।

एचडब्लुपिएलले विभिन्न मुलुकका मानवअधिकारकर्मी, राजनीतिक नेतृत्व, कानुनविद, युवा, महिला, धार्मिक अगुवा समेतसँगको छलफलपछि युद्ध अन्त्य र विश्व शान्ति सम्बन्धि घोषणापत्र तयार पारेको थियो । उक्त दस्तावेजलाई संयुक्त राष्ट्र«संघ मार्फत् विश्वका सबै मुलुकमा कार्यान्वयन गराउनुपर्ने एचडब्लुपिएलको मान्यता रहेको छ ।

युद्धले कसैको पनि भलो नगर्ने भन्दै एचडब्लुपिएलले भविष्यका पुस्ताका लागि शान्त विश्व हस्तान्तरण गर्नुपर्ने बताउँदै आएको छ । उक्त संस्थाका अध्यक्ष मान हि लि स्वयं कोरियन युद्धको भुक्तभोगी भएकाले पनि युद्ध र हिंसा कति भयानक र पीडादायी हुन्छ भन्ने विषयमा विभिन्न शान्ति सम्बन्धि कार्यक्रमहरुमा बताउँदै आउनुभएको छ ।

राष्ट्र र राष्ट्रियताको स्वार्थलाई अगाडि सारेर युवा तथा भावी पुस्तालाई वर्वाद बनाउने काम भइरहेको अध्यक्ष मान हि लिको भनाई छ । उहाँले मानवको शान्त एवं सुन्दर भ(िवष्यका लागि राष्ट्र र राष्ट्रियता, धार्मिक मुल्य मान्यताका सीमित दायराभन्दा माथि उठेर मानवताका आधारमा व्यवहार गर्नुपर्ने बताउँदै आउनुभएको छ । विश्वशान्तिलाई कानुनी रुपमा नै स्थापित गर्नुपर्ने एचडब्लुपिएलको तर्क रहँदै आएको छ ।

Facebook Comments