मिडिया काउन्सिल विधेयक पास हुन नदिने काँग्रेसको उद्घोष

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको मिडिया काउन्सिल सम्बन्धी विधेयक संसदबाट पास गर्न नदिने बताउनुभएको छ ।

विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आफ्नो पार्टी नेपाली कांग्रेसले कुनैपनि हालतमा संसदबाट पास गर्न नदिने बताउनुभएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले नेपालको संविधानले नै प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको आरोप लगाउनुभयो ।

सभापति देउवाले प्रेस स्वतन्त्रतामा भन्दैमा पत्रकारले जे पाए त्यही नलेख्ने जिकीर गर्नुभयो । उहाँले पत्रकारले जे पायो त्यही लेख्दा स्वयं त्यस्ता पत्रकार आफ्ै सकिने बताउनुभयो ।

उहाँले वर्तमान केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि एउटै राम्रो काम गर्न नसकेको जिकीर गर्नुभयो । मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा सरकार नरहेको उहाँको जिकीर छ ।

Facebook Comments