कास्की मोडनाइज्ड एकेडेमीमा नव आगन्तुकलाई स्वागत

नव आगन्तुक विद्यार्थी तथा नव नियूक्त शिक्षकहरुलाई स्वागत तथा सम्मान गर्ने उध्येश्यले कास्की मोडनाइज्ड एकेडेमीले जेष्ठ ३ गते स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रम ४ चरणमा सन्चालन गरिएको थियो । पुर्व प्राथमिक तहको कार्यक्रम निर्मला पहारीले सञ्चालन गर्नुभएको थियो भने, कक्षा २ देखि ४ को कार्यक्रम शिक्षिका गँगा आले त्यसै गरी कक्षा ५ देखि ७ सम्मको शिक्षक मिलन तिमिल्सीना र कक्षा ८ देखि १० सम्मको कार्यक्रम शिक्षक शिबु ढकालले सन्चालन गर्नुभएको थियो ।

विद्यालयको आफ्नै प्रेक्षालयमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता विद्यालयका सस्थाँपक प्राचार्य श्री राम बहादुर मोचीले गनुभएको थियो । उक्त कार्यक्रममा बोल्दै विद्यालयका इन्चार्ज शिवलाल उपाध्याले अनुशासन सहितको सिकाइमा जोड दिनुभएको थियो भने, सस्थापक प्राचार्यले कास्की मोडनाइज्ड एकेडेमीले युगको माग अनुसारको स्तरिय व्यावहारिक शिक्षा दिइरहेकाले विद्यार्थीहरुले त्यसको भरपुर फाइदा उठाउनु पर्ने कुरा बताउनुभयो ।

वहाँले विद्यार्थीमा धैर्यता, अनुशासनका साथै अध्ययनशीलता जस्ता गुण भएमा त्यो विद्यार्थीले जिन्दगीमा शत प्रतिशत सफलता पाउने सक्ने कुरामा जोड दिनुभयो । पुराना विद्यार्थीले स्वागत र नयाँ विद्यार्थीहरुले धन्यवाद मन्तव्य राखेको उक्त कार्यक्रममा एकल, यूगल तथा सामुहिक नृत्य प्रस्तुत गर्दा कार्यक्रम निकै रोमान्चक बनेको थियो ।

Facebook Comments