लमजुङमा विशालु च्याउँ खाँदा ३ जनाको मृत्यु, पीडितलाई गिलुङ समाजको आर्थिक सहयोग

राज शर्मा

लमजुङ जिल्लाको क्वहोंलासोथर गाउँपालिका गिलुङमा विशालु च्याउ खाँदा एकै परिवार २ सहित ३ जनाको मृत्यु भएको छ । क्वहोलासोंथर गाउँपालिका ९ गिलुङ लौवारीका ५३ बर्षीय सुलबहादुर क्षेत्री, निजका छोरा मन्तोष क्षेत्री र छोरा नै नाता पर्ने छिमेकका साजन क्षेत्रीको मृत्यु भएको हो ।

त्यस्तै सुलबहादुरको श्रीमती सरिता क्षेत्रीको गम्भीर अवस्थामा काठमाण्डौंको ओम अस्पतालमा उपचार भइरहेको पारिवारीक श्रोतले जानकारी दिएको छ । गर्भवती समेत रहेकी सरिताको स्वास्थ्य अवस्थामा सुधार आएको अस्पतालले जनाएको छ ।

गत बैशाख २६ गते जंगलबाट ल्याएको च्याउ खाएपछि उनीहरु विरामी परेका थिए । २७ गते उपचारका लागि उनीहरुलाई पोखरा ल्याइएको थियो । पोखराको गण्डकी मेडिकल कलेजमा भर्ना गरिएकोमा बैशाख ३१ गते साजनको, जेठ २ गते मन्तोषको र जेठ ५ गते विहान १ बजे सुलबहादुरको निधन भएको थियो । ३ जनाको सब पाेष्टमार्टम गरेपछि परिवारलाई बुझाइएको छ ।

यसैवीच गिलुङ समाज पोखराले च्याउँ खाँदा मृत्यु भएका परिवारलाई सहयोग गरेको छ । गिलुङ समाज पोखराले पीडित ३० हजार आर्थिक सहयोग गरेको समाजका अध्यक्ष आशिष गुरुङले जानकारी दिनुभयो । त्यस्तै गिलुङ समाज युकेले पनि पीडित परिवारकालागि सहयोग गर्ने भन्दै आर्थिक संकलन गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Facebook Comments