अस्ट्रेलियामा कन्जरभेटिभ गठबन्धन बहुमत नजिक

अस्ट्रेलियाका प्रधानमन्त्रीमा स्कट मोरिसनको पार्टीले पुनः सरकारको नेतृत्व गर्ने लगभग निश्चित भएको छ । शनिबार सम्पन्न निर्वाचनको मतगणनाको क्रममा मोरिसनको कन्जरभेटिभ गठबन्धन बहुमतको नजिक पुगेको छ ।

बहुमतका लागि आवश्यक ७६ सिटमध्ये कन्जरभेटिभको गठबन्धनले ७३ सिटमा जित हाँसिल गरेको छ । गठबन्धनको जीतसँगै मोरिसन पुनः प्रधानमन्त्री बन्ने निश्चित छ । मोरिसनले गठबन्धनलाई अप्रत्यासित रुपमा मत दिएको र सरकारको नेतृत्व गर्ने अवसर दिएको भन्दै मतदातालाई धन्यवाद दिनुभएको छ ।

उहाँले आफ्नो कन्जर्भे्टिभ गठबन्धनलाई आश्चर्यजनक नतिजा सहित सङ्घीय चुनावमा पुनः निर्वाचित गराएको भन्दै धन्यवाद दिनुभएको हो । मोरिसनले आफ्ना समर्थकलाई सम्बोधन गर्दै ‘आफूले सधैँ आश्चर्यमा विश्वास गरेको’ बताउनुभयो । आइरहेका चुनावी नतिजामा लिबरल न्याश्नल गठबन्धन बहुमत नजिक देखिएको हो ।

लेवर पार्टीका नेता विल सर्टनले हार स्वीकार्दै राजिनामा घोषणा दिनुभएको छ । एग्जिट पोल भनिने मतदान गरेर निस्किरहेकाहरूसँग गरिएको सर्वेक्षणहरूले लेवर पार्टी ६ वर्षमा पहिलोपटक झीनो बहुमतले विजयी हुने देखाएका थिए ।

तर निर्वाचनको अन्तिम नतिजा सार्वजनिक हुन अझै केही घण्टा लाग्ने भए तापनि करिव७६ प्रतिशतभन्दा बढी मत गणना भइसकेपछि कन्जरभेटिभ गठबन्धनको विजय र अग्रता सुनिश्चित देखिएको हो । अस्ट्रेलियामा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था छ ।

चुनावमा सहभागी नहुने १८ वर्षमाथिका जोकोहीले १४ अमेरिकी डलर जरिवाना तिर्नुपर्ने कानुनी प्रावधान रहेको छ । यस निर्वाचनमा एक करोड ६४ लाख मतदाता सहभागी भएका थिए । अस्ट्रेलियामा प्रत्येक तीन वर्षमा आमनिर्वाचन हुन्छ तर चर्को आन्तरिक अन्तरविरोधका कारण सन् २००७ यता कुनै प्रधानमन्त्रीले समेत पूरा कार्यकाल काम गर्न सकेका छैनन् ।

Facebook Comments