गणतन्त्र दिवस त्रिदिवसीय रुपमा मनाइने

गणतन्त्र दिवस २०७६ त्रिदिवसीय रुपमा मनाइने भएको छ । गणतन्त्र दिवस २०७६ मूल समारोह आयोजक समिति मातहत विभिन्न उपसमिति मार्फत् दिवसको तयारीलाई तिव्रता दिइएको छ गणतन्त्र दिवस २०७६ मिति यही जेष्ठ १४, १५ र १६ गतेका दिन मनाईंदैछ ।

गणतन्त्र दिवस मूलसमारोह समितिका कार्यक्रमहरु व्यापक रुपमा प्रचार प्रसार गर्न आमसञ्चारमाध्यमहरुबाट सार्वजनिक अपिल गर्ने, राष्ट्रियस्तरका पत्रपत्रिकाहरुमा गणतन्त्र दिवस सम्वन्धी विशेषांकर स्मारिकाको रुपमा प्रकाशन गर्ने साथै गणतन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख रचनाहरुको संगालो प्रकाशन गर्नको लागि आव्हान गर्ने लगायतका निर्णय प्रचार प्रसार उपसमितिले गरेको छ ।

त्यस्तै गणतन्त्र दिवस २०७६ को शुभकामना र सन्देश आ–आफ्ना सेवाग्राहीहरुको मोबाइलमा शुभकामना सन्देश पठाउने, गणतन्त्र दिवस¸ गणतन्त्र र जनआन्दोलनको उपलव्धी सम्वन्धी सम्पादकीय¸ विशेष कार्यक्रम¸ संवाद¸ छलफल कार्यक्रमहरु जनआन्दोलनका घाइते¸ सहिद परिवार तथा युवाहरुको सहभागिता समेत हुने गरी विद्युत्तीय¸ छापा तथा अनलाईन सञ्चार माध्यमहरुलाई प्रकाशन र प्रसारणका लागि अनुरोध गर्ने निर्णय समेत उपसमितिले गरेको छ ।

त्यस्तै सामुदायिक रेडियो प्रसारक संघ, ब्रोडकास्टिङ एसोशिएसन अफ नेपाल, काठमाडौं उपत्यका एफ.एम प्रसारक मञ्चले आफू मातहतका एफ.एम. रेडियोहरुबाट विहान र बेलुकी ३० मिनेट गणतन्त्र दिवस सम्वन्धी न्युज वुलेटिन प्रसारण गर्ने बताइएको छ । गोरखापत्र संस्थान(गणतन्त्र दिवस विशेषांक नेपाली र अङग्रेजी भाषामा प्रकाशन गर्ने ।

नेपाल विज्ञापन संघ( गणतन्त्र दिवस सम्वन्धी प्रोमो तथा विज्ञापनहरु सिर्जनात्मक ढंगबाट निर्माण गरी प्रकाशनमा ल्याउने, नेपाल टेलिभिजन( गणतन्त्र दिवस सम्वन्धी वृतचित्र निर्माण¸ समाचार तथा परिसंवाद कार्यक्रम सञ्चालन तथा प्रसारण गर्ने निर्णय समेत भएको छ ।

गणतन्त्र दिवसको उपलक्ष्यमा जागरण गीत सम्मेलन आयोजना गर्ने, गणतन्त्र नेपाल र ट्रेड यूनियन अधिकार विषयक वक्तृत्वकला प्रतियोगिता मिति २०७६ वैशाख १४ गते निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड यूनियनले आयोजना गरिने भएको छ ।

Facebook Comments