२४ पटक सगरमाथा चढेर कामिरिताको नयाँ कीर्तिमान

सगरमाथाको आरोहणमा धेरैपटक आरोहण गर्ने आफ्नो यसअघिको किर्तिमान भंग गर्दै कामिरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहण गर्नुभएको छ । मंगलबार बिहान ६ बजेर ३८ मिनेटमा २४ औँ पटक सरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गर्नु भएको छ ।

यसअघि पनि धेरैपटक सगरमाथा आरोहण गर्नेको रेकर्ड उहाँकै नाममा रहेको थियो । उहाँले आफ्नै रेकर्ड तोडेर नयाँ कीर्तिमान कायम गर्नु भएको हो । आरोहण कम्पनी सेभेन समिटका अनुसार शेर्पाले नेपाली मोहोडाबाट शिखर चुम्दै कीर्तिमान बनाउन सफल हुनु भएको हो ।

यसअघि २३ चोटी सगरमाथा चढ्ने रेकर्ड पनि उहाँकै नाममा थियो । सन् १९९४ मा पहिलोपटक सगरमाथाको चुचुरोमा पाइला राखेका कामिरिताले २५ पटक सगरमाथाको शिर चुम्ने लक्ष्य रहेको बताउँदै आउनुभएको छ ।

कामरिताले सात दिनमै २ पटक सगरमाथाको आरोहण गर्नुभएको हो । यस अघि गत जेठ १ मा २३ औं पटक आरोहण गरी उहाँले सगरमाथामा धेरैपटक आरोहण गर्ने किर्तिमान बनाउनुभएको थियो ।

Facebook Comments