वडा नम्बर १५ को विद्यालयमा पोशाक वितरण

पोखरा महानगरपालिका वडा नम्बर १५ले सिद्ध मावि फलेपाटनमा ४८ सेट पोशाक वितरण वितरण गरेको छ । विद्यार्थी भर्ना अभियानका क्रममा वडा कार्यालयले नयाँ भर्ना विद्यार्थी लाई एक एक सेट पोशाक वितरण गरिएको हो । यसैबिच सेन्टमेरिज स्कुलले पनि ५२ सेट डेस र स्टेशनरी वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले विपन्न वर्गका विद्यार्थीहरुलाई लक्षित गरि गरिएको सो सहयोगले अभिभावकहरुमा केही हदसम्म भए पनि राहत हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्षता गर्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले विद्यार्थीमा खुसी प्रदान गर्न सो काम गरिएको र यस कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने वडा कार्यलय वडा नंं. १५ का अध्यक्ष प्रकाश पौडेल एवं वडा सदस्य रुकबहादुर गुरुड, प्रअ गुरुदत्त कोइराला, शैशिक प्रमुख जुना थापा, सूचना अधिकारी राजेन्द्र गिरि लगायत सम्पूर्ण शिक्षकहरुमा धन्यवाद ज्ञापन गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गुरुदत्त कोइरालाले गर्नुभएको थियो ।

Facebook Comments