बालगृहलाई राजकुमारीले सहयोग गरिन् २ लाख

पोखरा ८ सभागृहचोक निवासी ८८ वर्षीया राजकुमारी तझ्याले पोखराको एक बालगृहलाई नगद २ लाख रुपैयाँ सहयोग गर्नुभएको छ । स्वर्गीय गोपाल प्रसाद तझ्याकी श्रीमती राजकुमारीले सिर्जना विकास केन्द्र पोखराद्वारा सञ्चालित सिर्जना बालगृह सञ्चालार्थ उक्त रकम सहयोग गर्नुभएको हो । सिर्जना विकास केन्द्रका कार्यवहाक अध्यक्ष ईन्द्रप्रसाद पौडेललाई तझ्याले मंगलबार रकम हस्तान्तरण गर्नुभयो ।

सिर्जना विकास केन्द्रद्वारा सञ्चालित सिर्जना बालगृहले असहाय बालबालिकाहरुका क्षेत्रमा राम्रो काम गरेकाले अक्षयकोष स्थापनार्थ आफूले सहयोग गरेको बताउनुभयो । सहयोग हस्तान्तरणका अवसरमा कार्यवहाक अध्यक्ष पौडेलसहित निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, सल्लाहकार समिति सभापति राजकुमार गिरी, सिर्जना विकास केन्द्रका कोषाध्यक्ष कमला गिरी लगायतले सह्रानीय कामको प्रंशसा गरेका थिए ।

राजकुमारीका छोरा तथा सिर्जना विकास केन्द्रका आजीवन सदस्य ध्रुवप्रसाद तझ्याले आमाले गर्ने राम्रो काममा आफ्नो सधैं साथ रहने बताउनुभयो । तझ्याका पाँच छोरा र चार जना छोरी छन् ।

Facebook Comments